दमकका दिनेश सिग्देलको हत्या प्रकरणः इलामकी आफ्नै श्रीमतीले व्वाईफ्रेण्डसँग मिलेर हत्या गरेको खुलासा


इलाम,११ फाल्गुनः जंगलमा जेव्रा झोलामा हालेर अंग अंग अलग गरी फालिएका झापाको दमकका दिनेश सिग्देललाई आफ्नै पत्नीले व्वाई फ्रेण्डसँग मिलेर हत्या गरेको खुलेको छ ।


गत फागुन ४ र ५ गते धरानस्थित आँपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र फेला परेको शवको पहिचान खुलेसँगै हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी मंगलबार साँझ सार्वजनिक गरेको छ । हत्यामा संलग्न सिग्देलकी कान्छि श्रीमति अनिता केसी र उनका केटा साथी सरोज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
धरान–भेडेटार सडकखण्डमा पर्ने आँपगाछी क्षेत्रमा दुई दिनमा बीभत्स अवस्थामा जेब्रा झोलाभित्र फेला परेको शव पहिचान गर्न प्रहरीलाई एक हप्ता लागेको थियो । घटना स्थल वरपरि केहि प्रमाण नभेटिएपछि प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै मृतकको फेस स्केज गरेर सर्वसाधारणको सहयोग मागेको थियो ।
प्रहरीले मृतकसँग भएको फेस माक्समा बहराइनी कम्पनीको नाम भेटेपछि त्यसबाट अनुसन्धान प्रक्रियालाई मोडेको थियो । बहराइनमा रहेका दिनेशका साथीहरुले उनको पहिचान गरेपछि प्रहरीलाई हत्यारा सम्म जान सजिलो भयो । दुई वटी श्रीमति रहेका दिनेश शवको सनाखत भएसँगै मृतक सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र २९ वर्षीय सरोज भण्डारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर घर भई स्थायी इलाम घर भएपनि हाल विराटनगर बस्दै आएकी अनिता केसी र विराटनगर ४ घर भएका सरोज भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।घटना विवरणअनुसार शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको हो ।
मृतक सिग्देल पुस २० गते १५ दिनको बिदा मागेर बहराइनबाट सोही दिन नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुष २० गते नेपाल आएपनि २१ गते उनि श्रीमती अनितासँग विराटनगरको एक होटलमा बसेका थिए ।
अनिताले २२ गते बेलुका आफ्ना प्रेमी सरोज भण्डारीलाई बोलाएर सिग्देलको हत्या गरेको खुलेको छ । दिनेशको हत्या विराटनगरमै गरेर शव फाक्नको लागिमात्रै धरान ल्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकामाथि कर्तब्य ज्यान मुद्वामा आजै म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment