एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमको आग्रह


काठमाडौं । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) फिर्ता लैजान संयुक्त अधिराज्य अमेरिकालाई आग्रह गरेका छन् ।


मंगलबार एक विज्ञप्तिमार्फत एमसीसीले नेपालको हितभन्दा पनि जनमतमा विभाजन सिर्जना गरि अहित गरेको भन्दै गौतमले एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ । नेपालमा अहिलको जटिल अवस्थामा जुन जस्तो अवस्थामा जुन सरकार बनेको छ , नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार बनेको छ र संयुक्त अधिराज्य अमेरिका सरकारसमक्ष एमसीसी फिर्ता लगेर नेपालको हित प्रवद्र्धन गर्न विनम्र अनुरोध गर्दछु ।’
एमसीसी सम्झौताले गर्दा अमेरिकाप्रति नेपाली जनताले गम्भीर आशंका व्यक्त गरेको पनि विज्ञप्तिमार्फत भनिएको छ । साथै, एमसीसीका कतिपय प्रावधान र शर्तहरुमा पार्टीहरुबीच किचलो सिर्जना हुँदा स्वभाविक रुपमा जनमतमा पनि त्यसको प्रत्यक्ष असर परेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment