मुलुकभर थप १९५७ जनामा कोरोना पुष्टि, ११ संक्रमितको मृत्यु


काठमाडौं २५ माघ। मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ लाख ४२१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५१०३ जना कोरोना मुक्त भए, ११ संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार १०३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६९२ जनाको परीक्षण हुँदा हालसम्म कुल ६२ लाख ९१ हजार ४४० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment