इलामकाे माईलाई करुणाले दियो थर्मो कोआगुलेटर


माई २५ माघ। पाठेघरको मुखमा हुने क्यान्सरको उपचार गर्न प्रयोग गरिने थर्मो कोआगुलेटर मेसिन करुणा फाउण्डेसन नेपालले माई अस्पताललाई हस्तान्तरण गरेको छ ।


करुणा फाउण्डेसन नेपालका जिल्ला संयोजक अजित योञ्जनले माईका नगर प्रमुख दिपक कुमार थेबेलाई दुई लाख ५० हजार मुल्य रहेको थर्मो कोआगुलेटर मेसिन सोमबार हस्तान्तरण गरेका हुन् । थर्मो कोआगुलेटरको प्रयोग महिलाहरुको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको उपचारमा प्रयोग गरिने छ ।
भिआईए परिक्षण पश्चात जोखिम अबस्था देखिए थर्मो कोआगुलेटरबाट तापक्रम दिई क्यान्सरका जोखिम नष्ट गरिने माईका मेडिकल अधिकृत डा. रामकृष्ण आचार्यले बताए ।
भिआईए परिक्षणबाट पोजेटिभ देखिएका महिलाहरुलाई थर्मो कोआगुलेटरबाट उपचार गर्न मिल्ने बताईएको छ । करुणाकै सहकार्यमा माई अस्पताल लगायत जिल्लाका स्वास्थ्य निकायहरुमा पाठेघरको मुखमा हुन सक्ने क्यान्सर परिक्षण नि:शुल्क गर्दै आईएको छ । भिआईए परिक्षण गर्ने स्पेकुलम औजार समेत करुणाले नि:शुल्क प्रदान गरि परिक्षण गरिदै रहेको माई अस्पताललाई करुणाले दिएको मेसिनबाट थप उपचारमा सहजता भएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment