काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संशोधन नभई एकतर्फी ढंगले पारित नहुने बताएका छन् ।
आइतबार संसद् बैठकमा एमसीसी छलफलका लागि अघि बढाइसँगै आफ्नो धारणा राख्नेक्रममा नेता खनालले अहिलेको परिस्थितिमा कुनै पनि हालतमा एमसीसी अघि बढाउन नसकिने बताए ।
उनले भने, ‘संसदको बेइजत नहोस् । दिगोपन होस्, नाटकजस्तो नहोस् । दुवै देशबीच बसेर संशोधन हुनुपर्छ । एकतर्फी ढंगले मात्र अघि बढ्न हुँदैन । धारा र उपधारा सच्याएर मात्र अनुमोदनको ढंगमा अघि बढ्न सकिन्छ । तर, यथास्थितिमा नो एमसीसी । फेरि पनि नो एमसीसी । अन्तमा सदनमा छलफको वातावरण बनोस् ।’
यसअघि नेता खनालले गठबन्धनले ब्याख्यात्म घोषणा गरेर एमसीसी पारित गर्न लागेकोमा पनि आपत्ति जनाए । उनले ब्याख्यात्मक घोषणाको कुनै कानूनी आधार नरहेको र एकतर्फी ढंगले अघि बढ्न नहुने पनि यसअघि भने ।
‘ब्याख्यात्मक घोषणाको कानूनी आधार के छ ? केही छैन । एकतर्फी घोषणाले केही हुँदैन । सम्झौता सुधार गर्न अमेरिकी तयार छ कि छैन ? सदनले थाहा पाउनुपर्छ । संशोधनको ग्यारेन्टी के हो ? संसदले चाहन्छ । यसको सुनिश्चितता भयो भने हामी सकारात्मक ढंगले सोच्न सक्छौँ । हामी अनुदान चाहन्छौँ तर, देशको स्वाधिनता विषयमा स्वतन्त्र छौँ । तगराबिहीन ढंगले खुलामखुल्ला अघि बढ्न सक्छौँ,’ उनले भने, ‘यो सम्झौतामा ऐन कानुनलगायत धेरै कुरा बाँझिएका छन् । विदेशी नागरिकको नागरिकता पनि नहेर्ने, कमाएको कर नलाग्ने उन्मुक्ति यो सम्झौतामा छन् ।’
0 comments:
Post a Comment