मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु


२१ फागुन, दाङ । प्यूठानमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रीको मृत्यु भएको छ।
प्यूठान नगरपालिका- ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्तीको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता देबीप्रसाद गैरेले जानकारी दिए ।
शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइलको ठक्करबाट घर्ती गम्भीर घाइते भएका थिए ।
प्रहरी निरीक्षक गैरेका अनुसार ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । घटनापछि मृतकका आफन्तले स्वर्गद्वारी क्याम्पस अगाडि चक्काजाम समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment