आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?


काठमाडौं १८ फाल्गुन। संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगका वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार दोस्रो कार्यसूचीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई वटा प्रस्ताव पेश गर्नेछन् ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव मन्त्री आलेले प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment