चिनियाँ जेलमा तिब्बती भिक्षुको मृत्युु


सन् १९८७ मा दलाई लामा र तिब्बतको स्वतन्त्रताको समर्थनमा सडकमा उत्रिएका ल्हासाको ड्रेपुङ मठका २१ भिक्षुमध्येका नगावाङ ग्याल्टसेनको निधन भएको छ ।
सन् १९८७ मा नगावाङ ग्याल्टसेन ‘राष्ट्रिय सुरक्षा कमजोर’ पारेको आरोपमा दोषी ठहरि गर्दै २० वर्षको जेल सजाय तोकेको थियो। सन् २००६ मा उनी रिहा भएका थिए।’
‘अर्को राजनीतिक कैदीको निधनको खबर सुन्दा धेरै हृदयमा गम्भीर चोट लागेको छ। हामीले हाम्रो प्रार्थना गर्नुपर्छ र उनको मृत्युसँगै निर्वासनमा रहेका तिब्बती युवाहरूले तिब्बत भित्रका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको साहस, दृढता र आकांक्षालाई महसुस गर्नुपर्छ,’ सन् १९८७ को विद्रोहमा सहभागी अर्का भिक्षु नगावाङ वोबरले आरएफएको तिब्बती सेवालाई भने।
‘नगावाङ ग्याल्टसेनले आफ्नो सम्पूर्ण जीवन तिब्बतमा चीनको दमनकारी नीतिको विरुद्धमा बोल्न प्रतिबद्ध थिए। उनले सन् १९८७ को विद्रोह पछि [चिनियाँ कम्युनिष्ट पार्टी] शासनको निरन्तर विरोध गरे र आफ्नो जीवन तिब्बतमा समर्पण गरे।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment