रुख हरियो हुने भन्दैमा के सूर्य पनि हरियो हुन्छ ? : केपी ओली


इलाम, ६ चैत्रः इलामको सूर्योदय नगरपालिका नगर कमिटीको आयोजना र नेकपा एमाले जिल्ला कमिटीको ब्यावस्थापनमा भएको जनसभामा बोल्दै एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको बताउनु भएको छ । मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णय प्रति उहाँले बिरोध गर्नुभयो । हरियो रङ रुख जस्तो हुने र नेपाली कांग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेसको चुनाव चिन्ह रुख हरियो हुने भन्दै उहाँले प्रश्न गर्नुभयो । के सूर्य पनि हरियो हुन्छ ?

ओलीले एमालेको लोकप्रियता प्रति अन्य दलहरु डराएको टिप्पणी गर्नुभयो । सूर्योदय नगरपालिकाको फिक्कल चोक बजारमा भएको कार्यक्रममा एमाले जनताको पार्टी भएको उहाँको भनाई छ । 

निर्वाचन आयोगले मात्र नभई अदालतले समेत निष्पक्ष काम गर्न नसकेको एमाले अध्यक्ष ओलीको भनाई छ । अदालत निष्पक्ष हुनु पर्ने भन्दै उहाँले एमालेको अदालत भनेकै जनता भएको समेत बताउनुभयो । उहाँले निष्पक्ष भएर छुट्याउन समेत जनतालाई आग्रह गर्नुभयो । 

त्यस्तै कार्यक्रममा सम्वोधन गर्नुहुँदै एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेमा जनताको लहर चलेको दावी गर्नु भएको छ । इलाम क्षेत्र नम्बर १ अन्तर्गत सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेम्वाङले अब पनि पुन एमाले पहिलो पार्टी हुने दावी गर्नु भएको हो । एमालेका पूर्व नेता तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उहाँले झलनाथ खनालको बिरोध गर्नुभयो । उहाँका अभिब्यक्ति माथी टिप्पणी गर्दै नेम्वाङले खनाल प्रती कटाक्ष गर्नुभयो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment