इलाम, ४ चैत्रः इलाम नगरपालिका वडा नम्बर ७ को आयोजनामा यहि चैत्र ७ र ८ गते इलाम अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविरमा विहान १० वजे देखि वेलुका ५ वजेसम्म विशेषज्ञ डाक्टरहरुले सेवा दिने छन् ।
शिविरमा हार्डजोर्नी विशेषज्ञ, छालारोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, स्त्री तथा प्रशुतिरोग विशेषज्ञ र पेट, छाति, प्रेसर, सुगर रोग विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा प्रदान गर्ने वडा अध्यक्ष नरेश श्रेष्ठले वताए ।
0 comments:
Post a Comment