इटहरीको एपेक्स हस्पिटलको लापारवाहीले तरहरा बरगाछीका साढे ३ बर्षीय सन्देश शाहको मृत्यु, बालकका आफन्तद्वारा सडक अबरुद्ध


इटहरी, चैत्र ३,  इटहरीको पश्चिम लाईनमा रहेको एपेक्स हस्पिटलको लापारवाहीले तरहरा बरगाछीका साढे ३ बर्षीय सन्देश शाहको मृत्यु भएको छ । बालकका आफन्तहरुले उपचारका संलग्न डाक्टरलाई कार्वाही हुनु पर्ने र उचित क्षतिपुर्ती दिलाउनु पर्ने लगायतका माग राखि यतिबेला सडक अवरुद्ध बनाएका छन् ।
हस्पिटल भएको क्षेत्रमा बाक्लै प्रहरी परिचालन गरिएको छ । प्रहरीले अबरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ ।बुधबार बिहानबाट बान्ता भएपछि सन्देशलाई इटहरी स्थित अधिकारी मेडिकलमा ल्याइएको र पछि त्यहाँ उपचार हुन नसकेपछि एपेक्स हस्पिटलमा ल्याइएको थियो ।

डाक्टरले पिसाव, दिसा को ल्याव टेस्ट रिपोर्ट आइसकेपछि फुड पोइजनिङ्ग भएको भन्दै नआत्तिन परिवारलाई भनेका थिए तर राती बिहिबार बिहानै सन्देशको मृत्यु भएको सन्देशका बाबुले प्रदेश पोर्टललाई बताए ।डाक्टरले फुड पोइजनिङ्ग खानाले बिसाएको भनेपछि सुई लगाउन लगाएको र एक घण्टा पछि पुन बच्चाले बान्ता गरे पछि डाक्टरको अनुपस्थितीमै नर्सले डवल डोज सुई दिएपछि बच्चाको मृत्यु भएको मृतकका काका कमल शाहले बताए ।
राती हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको सन्देशका बुबाको भनाई छ । बच्चा नबाँच्ने स्थिती भएपछि एपेक्स हस्पिटलले राती २ बजे सन्देशलाई धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लान भनेका थिए । तर बच्चाको धरान लाने क्रममा बाटोमै मृत्यु भएको परिवारले जानकारी दिएको छ । विपी प्रतिष्ठान धरानले बच्चालाई ओभर डोज खोप लगाएका कारण मृत्यु भएको बताएको परिवारको भनाई छ ।
“डाक्टर हस्पिटलमा नहँुदा मेरो बच्चाको मृत्यु भए पछि किन मेरो बच्चालाई मारिस् भनेर सोध्न आउँदा हस्पिटल प्रशासन २०/२५ जना रातीनै हस्पिटल आएका थिए । ” सन्देशका बाबुले प्रदेश पोर्टलसँग भने । राती डाक्टर भएको भए आफ्नो बच्चा सकुसल रहने सन्देशका बाबुले बताएका छन् । अलिकति चाँडो बच्चालाई अर्को अस्पताल लिएर जानु भनेको भएपनि सन्देशले मृत्युवरण गर्ने अवस्था नआउने उनका बुवा बताउछन् । यस बारेमा एपेक्स हस्पिटल प्रशासनसँग कुरा गर्न बाहिरबाट उपचार गरेर बच्चाको अवस्था झन जटिल भएपछि थप उपचारका लागि एपेक्स हस्पिटल ल्याएको र डाक्टरले सकेको उपचार गरेको हस्पिटल प्रशासनले दावी गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment