इलामको साँखेजुङमा चैत्र ७ गतेबाट साँखेजुङ गोल्डकप शुरु (खेल तालिका सहित)


इलाम, ३ चैत्रः इलाम नगरपालिका १ साँखेजुङमा चैत्र ७ गतेबाट साँखेजुङ गोल्डकपको दोस्रो संस्करण नेपालटार खेलमैदानमा शुरु हुने भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा हुनलागेको गोल्डकपलाई वडा कार्यालयले २ लाख ५० हजार सहयोग गरेको समितिका अध्यक्ष बिक्रम गुरुङले वताए ।

गोल्डकपमा इलाम, पाँचथर र झापाका ८ वटा क्लबको सहभागिता रहेको खेलको फाइनल खेल चैत्र १३ गते हुने छ । गोल्डकपको विजेताले १ लाख २२ हजार २२२ रुपयाँ, मेडल तथा ट्रफि पाउने छ भने उपविजेताले ७० हजार २२२ रुपिया मेडल तथा ट्रफि पाउँने छ । प्रत्येक खेलमा मेन अफ दि म्याज पुरस्कार र गोल्डकपको उपाधि सँगै  खेलाडीले व्याक्तिगत प्रदर्शनको आधारमा वेस्ट स्कोर र  वेस्ट प्लेयर अफ दि टुर्नामेन्टको पुुरस्कार तथा ट्रफि पाउने आयोजक समितिका उपाध्यक्ष कुबेर लुईटेलले वताए ।

गोल्डकपमा ए पोलमा तुम्याहाङ युवा क्लव पाँचथर फिदिम, न्युज भिजन युथ क्लब तिनघरे, रत्न गिरी टुर एन्ड ट्रावल्स पशुपति नगर र आयोजक (साँखेजुङ फुटबल क्लव) रहेका छन् । बी पोलमा सतासी धाम स्पोटीङ क्लब झापा, स्वतन्त्र युवा क्लब रानिटार पाँचथर, काजीमान फुटबल क्लव झापा र रेर्ड हस इलाम रहेका छन् । 




 





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment