झापाको डुडामारीमा ट्रकले स्कुल वसलाई ठक्कर दिदा तीन विधार्थी सहित पाँचजना घाईते


डुडामारी,  ८ चैत्र:विधार्थी ओराल्न रोकेको स्कुल वसलाई खाध्यान वोकेको ट्रकले ठक्कर दिदा पुर्व पश्चिम राजमार्ग अन्तरगत झापाको डुडामारीमा आज तीन विधार्थी सहित पाँच जना घाईते भएका छन ।
पुर्वबाट पश्चिम तर्फ विधार्थी पुर्याउन जादै गरेको भानु मावि शिवसताक्षीको मे १ क ८६६ नम्बरको स्कुल वस र सोही दिशा तर्फ जादै गरेको ना ८ ख ९२१ मालवहाक ट्रक ठोकिदा बिधार्थीहरु देवराज श्रेष्ठ, चिरन क्षेत्री, विराज कोईराला, स्कुल वसका सहचालक राम कुमार राई घाईते भएका छन ।
त्यस्तै ठक्कर दिने ट्रकका चालक विशाल पनि स्टेरिङमै च्यापिएर घाईते भएका छन। उनिहरु सवैलाई बिर्तामोड स्थित बि एण्ड सि अस्पताल लगिएको छ ।
स्थानीय प्रत्यक्षदर्शिका अनुसार स्कुलवस बिधार्थी ओराल्न रोकी रहेको अबस्थामा वसलाई मालवहाक ट्रकले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।
ट्रक चालक फुलवारीका विशाललाई स्टेरिङमै च्यापिएको अबस्थाबाट प्रहरी र स्थानीयको सहयोगमा एक घण्टा लगाएर निकालि अस्पताल पठाईएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment