साँखेजुङ गोल्डकपः झापालाई हराउँदै रेडहर्स इलाम सेमिफाईनलमा


इलाम, ९ चैत्रः इलाम नगरपालिका १ साँखेजुङमा चैत्र ७ गतेबाट शुरु भएको साँखेजुङ रेडहर्स इलाम सेमिफाइनलमा प्रवेश गरेको छ । आज नेपालटार मावीको  खेलमैदानमा भएको  खेलमा काजिमान फुटबल क्लव झापालई ३–० ले हराउँदौ सेमिफाइनको यात्रा तय गरेको हो । मेनअफ दि म्याच काजिमानका अजयराई भए । 
वडा खेलकुद विकास समितिको आयोजनामा हुनलागेको गोल्डकपलाई वडा कार्यालयले २ लाख ५० हजार सहयोगमा सञ्चालित प्रतियोगितामा  विजेताले १ लाख २२ हजार २२२ रुपयाँ, मेडल तथा ट्रफि पाउने छ भने उपविजेताले ७० हजार २२२ रुपिया मेडल तथा ट्रफि पाउँने छ । प्रत्येक खेलमा मेन अफ दि म्याज पुरस्कार र गोल्डकपको उपाधि सँगै  खेलाडीले व्याक्तिगत प्रदर्शनको आधारमा वेस्ट स्कोर र  वेस्ट प्लेयर अफ दि टुर्नामेन्टको पुुरस्कार तथा ट्रफि पाउने आयोजक समितिका उपाध्यक्ष कुबेर लुईटेलले वताए ।
गोल्डकपमा भोली (बिहीबार) पहिलो सेमिफाईनल खेल रत्न गिरी टुर एण्ड ट्रावल्स पशुपतिनगर र न्युभिजन युथ क्लव तीनघरे विच  दिनको १ बजे खेल हुने आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment