झापा गोल्डकप: एपिएफलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा


इलाम, २३ फाल्गुन । विभागीय टोली एपिएफलाई हराउँदै सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपिएफलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो ।
सातदोबाटोको जितमा सुशील राई र निरज चौधरीले गोल गरे । एफिएफका दिपेश धिमालले सान्त्वना गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफको अन्तिम समयमा तीन वटै गोल सम्भव बन्यो । खेलको ८२ औं मिनेटमा सुशिलले सातदोबाटोलाई सुरुवाती अग्रता दिलाए ।
No description available.
 ८५ औं मिनेटमा निरजले गोल गरेपछि सातदोबाटोले २–० को अग्रता बनाउन सफल रहयो ।
इन्जुरी समयमा एपिएफका दिपेशले गोल फर्काएपनि हार टार्न सकेनन् । खेलमा दुवै टिमले केही राम्रा मुभहरु बनाएपनि गोलमा परिणत गर्न सकेनन् । 
खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् । १३ औं मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रस एपिएफका जापानी गोलरक्षक युया कुरियामाले बचाउ गरे ।
२१ औं मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे ।
४६ औं मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए । ५५ औं मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे ।
७४ औं मिनेटमा एपिएफका युवराज खड्काको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।
सातदोबाटोका सुशील खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
मंगलबारको दोश्रो क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच खेल हुनेछ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै संकटा क्वाटरफाइनल प्रवेश गरेको थियो ।
१० टिम सहभागि प्रतियोगितमा थ्रीस्टारले सोझै अन्तिम ८ मा स्थान बनाएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment