एमाले दैलेख महाधिवेशन : मतदाताभन्दा ३१ मत बढी भोट खसेपछि रद्द भएको निर्वाचन पुन: हुँदै


काठमाडौं २ चैत्र । नेकपा (एमाले) दैलेखको अधिवेशन बुधबार आज पुन शुरु भएको छ । गत पुसमा भएको अधिवेशनमा निर्वाचन प्रतिनिधिभन्दा मत संख्या बढी भएपछि स्थगित भएको अधिवेशन पुन सुरु भएको हो ।
उक्त अधिवेशनमा निर्वाचन प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी आएको थियो । त्यसपछि अधिवेशन नै स्थगित भएको थियो ।


यतिबेला एमाले दैलेखको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भएपनि अन्तिम समयमा आएर मतदान गर्नै पर्ने स्थिती सृजना भएको हो ।
नयाँ नेतृत्वका लागि दैलेखमा (सूर्यबहादुर शाही क्षेत्र नं – २) र निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा (क्षेत्र न– १) बाट रहेका छन् । गत
एमाले दैलेखको अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका बताइएको छ ।
जिल्लामा ७२१ जना मतदाता (प्रतिनिधि) रहेका छन् । जसमा पुसमा भएको मतदानमा ७ सय १७ मत खसेको थियो । तर मत पेटिकाबाट मत गन्दा ७४८ मत पाइएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment