म्यादी प्रहरीका लागि खुल्यो भर्ना, कस्तो छ सेवा सुविधा ? (सूचनासहित)


काठमाडौं १ चैत्र। आगामी निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गरी एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो । जारी सूचना अनुसार म्यादी प्रहरी बन्नका लागि यही चैत ६ देखि ११ गतेसम्म दर्खास्त दिन सकिने भएको छ ।
सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने दर्खास्त फारममा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन जारी सूचनामा उल्लेख गरिएको छ । म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीहरुलाई प्राथमिकता दिइने बताइएको छ ।
जारी सूचना अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्नेछ, भने फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्नेलगायतका मापदण्डहरु राखिएका छन् ।
म्यादी प्रहरी सम्बन्धी अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुने सूचनामा उल्लेख गरिएको छ । उनीहरुको सेवा अवधि ४० दिन रहेनछ, भने म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ दिइने बताइएको छ ।
त्यस्तै खाद्यान्नबापत् एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने जारी सूचनामा उल्लेख गरिएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment