नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर


काठमाडौँ १ चैत्र २। नेपाल र साउदी अरबबीच सहयोग सम्झौता (जनरल कोअपरेसन एग्रिमेन्ट) मा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका साउदीका विदेशमन्त्री फैसल विन फरहान र नेपालका परराष्ट्रमन्त्री नारायण खड्काबीच आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरब विदेशमन्त्री स्तरीय बैठक चलेको थियो । बैठकपछि दुवै देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यस सम्झौतासँगै अब नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायतका क्षेत्रमा सहयाेग तथा सहकार्य गर्न बाटो खुलेकाे छ ।
नेपालको दुई दिने भ्रमणका लागि साउदी राजकुमार समेत रहेका विदेशमन्त्री एवं फरहान २३ सदस्यीय प्रतिनिधि मन्डलसहित सोमबार काठमाडौँ आइपुगेका थिए । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने बताइएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment