इलाम सूर्योदयका कमल राईको झापमा बसको ठक्करबाट मृत्यु


इलाम, १ चैत्रः  झापामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
कमल गाउँपालिका–५ सितापुरीस्थित पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राजमार्गमा ठक्कर दिँदा इलाम सूर्योदय नगरपालिका–१ अमर राइकाे छाेरा बस्ने ३९ वर्षीय कमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।
बसको ठक्करबाट घाइते राईलाई लाइफ लाइन अस्पताल दमक लगिएको थियो। तर अस्पताल नपुग्दै उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाठकले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment