नेपाल सुपर लिगः इलामेली खेलाडी को-को कुन क्लबमा


आगामी चैत्र २६ गतेबाट हुने दोश्रो संस्करणको नेपाल सुपर लिगमा छिरिङ गुरुङ ३ लाख ५० हजार रुपैयामा विक्री भएका छन् । मछिन्द्र क्लबका छिरिङलाई पोखरा थन्र्डसले अनुबन्ध गरेको हो । गत सिजनमा उनी एनसएसएल च्याम्पियन काठमाण्र्डौ रेजर्समा आवद्ध भएका थिए ।


त्यसैगरी मनिष थापा ललितपुर सिटी एफसीमा अनुबन्ध भएका छन् । मनिषलाई बिरगञ्जले लक्की ड्र मार्फत १ लाख रुपैयामा प्राप्त गरेको हो । गत बर्ष उनी चितवन एफसीमा ७५ हजारमा अनुबन्ध भएका थिए । त्रिभुवन आर्मीका विङ्गर विवेक बस्नेतलाई गृह जिल्लाको टिम स्र्पोटिङ इलाम डी मेचीमा १ लाख ५० हजारमा अनुबन्ध भएका छन् ।
गत सिजनमा धनगढी एफसीमा १ लाख २० हजारमा अनुबन्धन भएका उनी इन्जुरीका कारण खेल्न सकेनन् । त्यसैगरी गत सिजनमा पोखरा थन्डर्सका मार्की प्लेयर रहेका नवयुग श्रेष्ठ यस पटक अनसोल्ड रहे । त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड समेत रहेका उनलाई एउटा कुनै पनि टोलीले खरिदका लागि इच्छा देखाएनन् । नवयुग चोटमुक्त भइसकेका छैनन् । चोटका कारण उनले यसपटकको सहिद स्मारक ए डिभिजन लिग गुमाएका थिए ।
एनआरटी क्ल्बबाट व्यवसायिक फुटबल खेल्ने दर्शन गुरुङ यस सिजमा बुटबल लुम्बिनी एफसीमा आवद्ध भएका छन् । उनलाई बुटबलले ३ लाख ५० हजार खचिएको हो । गत संस्करणमा धनगढीले उनलाई १ लाख रुपैया खचिएको थियो ।
लाेकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment