युट्युबमा तथानाम गालीगलौज गर्नेविरुद्ध रेखा थापाले दिइन् निवेदन


काठमाडौं २० फाल्गुन। युट्युमा आफूलाई तथानाम गाली र बेइजती गरिएको भन्दै अभिनेत्री रेखा थापाले भोटाहिटीको प्रहरी प्रधान कार्यालयको साइबर व्युरोमा निवेदन दिएकी छन् ।
अभिनेत्री थापाले निवेदन दिएको ब्युरोका एसएसपी नबिन्द अर्यालले बताएका हुन् । प्रहरीमा निवेदन परेसँगै त्यसबारे अध्ययन भइरहेको पनि उनले जानकारी दिए ।
अभिनेत्री थापाले युट्युबमा तथानाम गालीगलाैज गर्ने शर्मिला वाइबाविरूद्ध निवेदन दिएको बताइएको छ । पल शाह प्रकरणबारे मुख खोलेका रेखा थापालाई  पूर्वपति  छविराज ओझाले चर्चित बनाएको र अरुको पैसामा बिक्ने भन्दै सामाजिक भन्न रूचाउने वाइबाले गालीगलौज गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment