निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाउँदैमा कांग्रेस बौरिदैन : ओली

मोरङ। प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनाउँदैमा सत्तारुढ नेपाली कांग्रेस नबौरिने बताएका छन् ।
बुधबार मोरङको रंगेलीमा आयोजित तराई मधेश वृहत आमसभालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई बचाउन आयोगले चुनाव चिन्ह सबै हरियो बनाएकोमा आपत्ति जनाउँदै चुनाव चिन्ह हरियो बनाउँदैमा कांग्रेस नबौरिने उनले बताए ।
उनले भने, ‘बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो । चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’ अध्यक्ष ओलीले आयोगले चुनाव चिन्ह हरियो राखेकोमा आपत्ति पनि पनि जनाए ।
अध्यक्ष ओलीले कांग्रेससँग देश बनाउने भिजन नभएको र कांग्रेसको दाँतमात्र होइन रुख नै सुकिसेको पनि बताए । उनले भने, ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन । काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’
आमसभामा माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलिपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई केही वडाका वडाध्यक्षहरु पनि एमालेमा प्रवेश गरेका छन् । सबैलाई एमालेमा अविर लगाएर प्रवेश गराएपछि ओली आयोग र कांग्रेसविरुद्ध खनिएका थिए ।
आफू प्रधानमन्त्री हुँदा दशकौँसम्म बन्न नसकेको काम गरेर देखाएको पनि अध्यक्ष ओलीको भनाइ छ । उनले भने, ‘दशकौँसम्म बन्न नसकेको नेपाल नेकपा एमालेको सरकार हुँदा तीन वर्षमा असाधारण काम अगाडि बढेको छ ।’
आफू प्रधानमन्त्री हुँदा काम गरेको देख्न नसकेर सरकार ढाल्न लागिपरेपछि बाध्य भएर संसद विघटन गर्नुपरेको पनि ओलीले बताए । उनले भने, ‘अलिअलि कमिसन खाएर देशलाई गरिब बनाइराख्नेहरू एमालेबाट आत्ति । संसद् चल्न नदिने, संसद्लाई अगाडि बढ्न नदिने, संसद्लाई काम गर्न नदिने अवस्था भएपछि हामीले जनतामा जाने अठोट गरेका हौँ । पार्टी फुटाउन खोजेपछि, सरकार ढाल्न थालेपछि, आफ्नै पार्टीका सांसदहरू बिकेर विपक्षमा मतदान गर्न थालेपछि, संसद् विघटन गर्नु हाम्रो बाध्यता थियो ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment