इलाम सूर्योदयका सइन्द्र छुर्पी र घ्यूको अवैध ब्यापार गरेको आरोपमा पक्राउ


इलाम, १ चैत्रः प्रहरीले झापाको बुद्धशान्तिबाट करिब ७० लाख मूल्य बराबरको अवैध औषधिसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय ३ बस्ने ३० वर्षिय सईन्द्र राई रहेका छन् ।

 शुक्रबार साँझ ६ः१५ बजे बुद्धशान्ति ४ मा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ईलामबाट झापातर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यूको बोराले छोपी ल्याउँदै गरेको अवैध औषधिहरु बरामद भएको थियो । 

प्रहरीले गाडी, गाडी चालक राईलाई नियन्त्रणमा लिई ईप्रका धुलाबारीमा राखी अनुसन्धान गर्दा उक्त औषधिको मूल्य ६९ लाख ७७ हजार ९४४ र पिकअप गाडीको अन्दाजी मूल्य ८ लाख गरी जम्मा ७७ लाख ७७ हजार ९४४ रुपैयाँ मूल्य खुल्न आएकोले थप अनुसन्धानको लागि औषधि ब्यवस्था बिभाग शाखा कार्यालय कन्चनबारी विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment