इथियोपियाको ओर्मियामा बस दुर्घटना हुँदा सत्रको मृत्यु


आदीअबाबा । इथियोपियामा भएको सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले शनिबार भएको सो दुर्घटामा परेर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

इथियोपियाको ओर्मिया नामक मध्य क्षेत्रमा अवस्थित राज्यमा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर अरु केही घाइते भएका छन् । यात्रुबाहक बसले क्षमताभन्दा बढी यात्रु बोकेका कारणले दुर्घटनामा परेको यहाँ सो राज्यको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसले आफ्नो क्षमता भन्दा धेरै बढी संख्यामा यात्रु बोकेको थियो । त्यसमा के कति जना थिए भन्ने बारेमा भने प्रहरीले केही बताएको छैन । प्रहरीले दुर्घटनाको अरु पनि केही कारण छ कि भनेर अनुसन्धान सुरु गरेको बताएको छ ।

सोही क्षेत्रमा गएको मंगलबार पनि बस र ट्याक्सी आपसमा जुधेर भएको दुर्घटनामा परी छ जनाको ज्यान गएको थियो भने अरु पाँच जना घाइते भएका थिए ।

उक्त ओमरिया राज्यको अदाबा जिल्लामा केही समय यतादेखि दुर्घटना बढेको भन्दै प्रहरीले अनुसन्धान थालेको यहाँका यातायात अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता