पूर्वसांसद तथा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्यमाथि खुकुरी प्रहार


धनकुटा । पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंलाई एक युवकले खुकुरी प्रहार गरेका छन् ।

धनकुटाका नेता गुरागाईँमाथि उनको आफ्नै छिमेकी युवकले शनिबार एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । ७६ वर्षीय गुरागाईं धनकुटा नगरपालिका ६ का हुन् । खुकुरी प्रहार गर्ने युवक पनि धनकुटा नगरपालिका ६ कै २३ वर्षीय दिनेश पोखरेल रहेको धनकुटा प्रहरीले जनाएको छ ।

गुरागाईँमाथि घरमै गफगाफ गरिरहेको अवस्थामा एक्कासी आएर खुकुरी हानिएको परीवारको दाबी छ । युवकले के कारण खुकुरी प्रहार गरे भन्नेबारे खुलेको छैन । गुरागाईँको अनुहारमा गहिरो चोट परेको बताइएको छ ।

उनको धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपी कोइराला बिज्ञान प्रतिस्ठान लगिएको प्रहरीले बताएको छ । हाल उनको अवस्था खतरामुक्त भइसेको अस्पताल प्रशासनले जनाएको छ ।

घटनाबारे गहिरो अनुसन्धान गरेर सत्य तथ्य पत्तो लगाई दोसीमाथि कारवाही गर्न परिवारले जोडदार माग गरेका छन् । नेता गुरागाईँ धनकुटाका पुराना बामपन्थी नेता हुन् । उनी २०४८ सालमा सांसद बनेका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment