आइतबार सार्वजनिक बिदा


काठमाडौं । सरकारले भोलि आइतबार (चैत २७ गते) मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी हिन्दू धर्मावलम्बीहरुको रामनवमी पर्व परेकाले आइतबार बिदा दिने निर्णय भएको जनाएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । योसँगै आइतबार सबै सरकारी कार्यालय, सरकारी निकायहरु बन्द रहनेछन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment