दलित मोर्चाको इलाममा प्रशिक्षण सम्पन्न


इलाम, २६ चैत/ नेपाल दलित मुक्ति मोर्चा, जिल्ला समन्वय समिति इलामको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला भेलाले इलामको जिल्ला संयोजकमा ठाकुर खाति र सचिवमा टिकाराम वराइलि(रोशन) लाइ बनाएको छ । भेलाले स्थानीय तहको १० वटा स्थानीय तह र ८१ वडाको भेला र सम्मेलन गर्न जिम्मेवारी समेत तोकेको छ ।
मोर्चाका इन्चार्ज दिपक सिन्चिउरिको अध्यक्षता, माओवादी केन्द्रका प्रदेश सदस्य एवं १ नं. प्रदेश संयोजक हुमुम सिंह नेपालीको प्रमुख आतिथ्यता भएको थियो भने माओवादी केन्द्रको प्रदेश सदस्य शान्ता बस्नेत, प्रदेश परिसद एवं इलाम नगर अध्यक्ष प्रवाश शर्मा, कार्यालय सचिव एवं मोर्चाका प्रदेश सचिव प्रकाश परियार, वाइसीएल केन्द्रिय सदस्य विक्रम लिम्बु, जिल्ला संयोजक कमल दुलाल, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य विपिन पोख्रेल, केन्द्रिय सदस्य प्रमिला तामाङ, प्रदेश सदस्य अंकित बराइलि, जिल्ला अध्यक्ष नयन राइ, माओवादी केन्द्र जिल्ला सदस्य राम संजेल, इलाम नगर सचिव तारानिधि घिमिरे, अखिल नेपाल महिला संघको इलाम नगर संयोजक रंजिता जिमि याख्खाको आतिथ्यता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि हुकुम नेपालीले अबको दलित आन्दोलनमा पुरानो अग्रजको अनुभव लिएर प्राप्त उपलब्धि रक्षा गर्दै बाकी आन्दोलनलाइ गन्तव्यमा पुर्याउन नयाँ पुस्ताले नेतृत्व गर्नु पर्ने बताउनु भएको छ । फरक प्रसङ्गमा पार्टी छोड्ने अवसरवादिको अहिले रुवावासि सुरुवात भएकोले सच्चा कम्युनिस्ट एवं सम्पुर्ण उत्पिडित दलित समुदायको नेतृत्व गर्ने माओवादी र दलित मुत्ति मोर्चामै रहेको बताउनु भयो । 
समानुपातिक र समाबेशिता सिद्धान्त माओवादीको एजेन्डा भएकोले एमाले र राप्रपाबाट परिवर्तन ध्वस्त बनाउन प्रतिक्रान्तिको खेल भएकोले हर हालतमा यो स्थानीय चुवानमा पार्टीलाइ जिताउन मोर्चाका सबै नेता र कार्यकर्तालाइ निर्देशन दिनु भएको थियो । देशका सबै निकायमा दलित समुदायको निर्णायक हस्तक्षेप एवं नेतृत्व गर्न, परिवर्तनलाइ संस्थागत गर्दै विभेद अन्त्य गरि समता मुलक समाज निर्माण गर्न मुक्ति मोर्चा र माओवादीलाइ बैचारिक एवं राजनीतिक रुपमा नेतृत्व गर्न दलित समुदायको आवस्यक रहेकोले यसको निम्ति आवस्यक प्रभावकारी योजना बनाएर लाग्न नेतृत्व लिएर अघि बड्न आग्रह गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment