दीपक मनाङेले कर्मचारी किन कुटे ?


काठमाडौं । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले मन्त्रालयकै कर्मचारीलाई कुटेपछि हल्लीखल्ली भइरहेको छ । कुटाइ खाने मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझा कार्यालयमा आएका छैनन् । मन्त्री मनाङेले भने कर्मचारी नकुटेर सम्झाएको बताएका छन् ।

कर्मचारी कुटपिट गरिएको खबर बाहिरिएपछि मन्त्री मनाङेले मन्त्रालयका गोप्य सूचना नचुहाउन पटक पटक भने पनि नटेरेपछि सम्झाएको बताएका छन् ।

कर्मचारीले कहाँ के के गोप्य सूचना चुहाए भन्ने बारेमा मन्त्री मनाङेले ५ सदस्यीय छानबिन समिति नै बनाउने तयारीमा रहेको बुझिएको छ ।शाखा अधिकृत ओझाले प्रदेश सरकारका कार्यक्रमहरु पारित नहुँदै बाहिर सार्वजनिक गर्ने गरेको सहन नसकेर मन्त्री मनाङेले बाध्य भएर हात हालेको बुझिएको छ । मन्त्री मनाङेले कर्मचारी किन कुटेको भन्ने विषयमा आफूले चोर कर्मचारीलाई आफूले होइन प्रहरीले पिट्ने भनेर भनेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment