मनोनयन दर्ता फिर्ता लिने समय मध्यान्ह ५ बजेसम्म, अन्तिम नामावली पनि आजै प्रकाशन गरिने

१६ बैशाख २०७९, शुक्रबार


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न चाहेको अवस्थामा आज अपरान्ह ५ बजेभित्र फिर्ता गर्ने समय दिएको छ ।

यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि गत आइतबार र सोमबार मनोनयन दर्ताको लागि आह्वान गरेको आयोगले फिर्ता गर्न चाहनेले आजसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

मुलुकका ७५३ स्थानीय तहमा हुने निर्वाचनमा विभिन्न पदका लागि लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

मनोनय दर्ता फिर्ता गर्ने समय सकिएलगत्तै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

आयोगले उम्मेदवारीमाथि परेका दाबी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेर बिहीबार साँझ नै प्रारम्भिक नामावली प्रकाशन गरेको थियो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आयोगले भोलि अर्थात बैशाख १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment