नयाँ बर्षको अवसर पारेर गायक सन्तोष गुरुङको नयाँ गीत सार्वजनिक

 ३० चैत्र हर्कटे


 नयाँ बर्षको अवसर पारेर गायक सन्तोष गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । सन्तोष भक्तराजको शब्दमा गुरुङको स्वरमा रहेको गीत माया प्रेम र बैशको बारेमा केन्द्रीत छ ।

‘यो बैंश’ बोलको गीतको लिरिकल भिडियो युट्यूबमा अपलोट समेत गरिएको छ । लोक तथा आधुनिक पप गीतमा आफूलाई स्थापित गरेका सन्तोष गुरुङका दर्जन बढी गीत लोकप्रिय छन् ।

क्यानभास मल्टिमिडियाको युट्यूब च्यानलमा अपलोड भएको गीतको संगीत पनि गुरुङले नै भरेका छन् । सिमित तर गहन किसिमका गीत गाउन रुचाउने ईलामकाे राेङ गाउपालिका ३ हर्कटे निवासी गुरुङ पछिल्लो समयमा राजनीतिमा पनि सक्रिय छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment