सिन्धुलीको नक्कलेमा बलेरो दुर्घटना हुँदा तीनको मृत्यु, सात घाइते

१६ बैशाख २०७९, शुक्रबार

सिन्धुली । तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बलेरो दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी वेलघारी स्वास्थ्य चौकीमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पतालमा ल्याइएको छ ।
सातजना घाइतेमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि भर्खरै सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले जानकारी दिए ।
दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए ।
बलेरोमा हालसम्म सातजना घाइते र तीन मृतक गरी १० जना सवार रहेको उनले बताए । सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको छ कि उनले भने । दुर्घटनास्थलबाट गाडी निकाल्न नसकिएको जानकारी दिए । गाडी निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बलेरो दुर्घटना भएको थियो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment