कोच नेपाली खेलाडी विवादः किरन पनि अल्मुताइरीप्रति असन्तुष्ट, दिए ९ खेलाडीलाई साथ


इलाम, १५ बैशाखः। नेपाली राष्ट्रिय फुटबल टोली र प्रशिक्षकबीचको विवादमा कप्तान किरण चेम्जोङ पनि मिसिएका छन् । बुधबार बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमध्ये ९ खेलाडीले क्याम्प छाडेपछि किरनाले पनि क्याम्प छाड्ने बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू खेलाडीको पक्षमा रहेको बताउदै प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन् ।
क्याम्पमा जायज कुरा उठाउँदा खेलाडीहरुलाई नै क्याम्प छाड्न लगाउनु प्रशिक्षकको व्यवहार राम्रो नभएको उनले उल्लेख गरेका छन् ।
उनले आफू कप्तान र टोलीको एक सदस्य भएको हिसावले पनि आफू सँधै खेलाडीको पक्षमा रहेको उल्लेख गरेका छन् ।
विवाद के हो ?
नेपाल एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नजरमा परेका २५ खेलाडी छनोट गरी बन्द प्रशिक्षण गरिरहेका थिए । यहि क्रममा खेलाडी र प्रशिक्षकबीच विवाद चर्किएको छ ।
एन्फाले प्रशिक्षणका क्रममा खेलाडीहरुलाई एन्फाको होस्टेलमा बस्नेलाई त्यहाँ राख्ने र घर बस्न चाहने खेलाडीलाई घरमा बस्ने पाउने ब्यवस्था गरेको थियो ।
त्यसरी नै प्रशिक्षणमा खेलाडी सबै उपस्थित हुने र प्रशिक्षण सकिँएपछि खेलाडी आफ्नो ठाँउमा जाने गरेका थिए । तर मंगलबार प्रशिक्षक अब्दुल्लाहले सबै खेलाडीलाई एकै स्थानमा बस्नका लागि निर्देशन दिए ।
उक्त विषयमा खेलाडीलाई होटेल राख्ने कुरा चलेको थियो । खेलाडीले आफ्नो सुविधाका लागि राम्रो ब्यवस्था होस भन्ने चाहना राखे । तर उक्त विषयमा प्रशिक्षक अब्दुल्लाहलाई अखिल नेपाल फुटबल संघले बजेट नभएकाले तारे होटेल राख्न नसक्ने कुरा गरेको सबै खेलाडीहरुलाई सुनाएका थिए । यद्यपि एन्फाले खेलाडीलाई भिभान्ता होटेलमा राख्ने कुरापनि भएको थियो । तर पछि त्रिपुरेश्वर स्थित बिजनेश होटेलमा राख्ने निधो एन्फाले निर्णय गरेको थियो ।
यस बिषयमा टिमका सिनियर खेलाडी रोहित चन्दले असन्तुष्टि जनाएका थिए । उनी किरन चेम्जोङको अनुपस्थितिमा टिमका क्याप्टेन पनि हुन् । जो अब्दुल्लकै छनौँट पनि हो । चन्दले भन्नुको कारण खेलाडीलाई राम्रो खाने बस्ने ब्यवस्था नहुनु थियो।
यो कुरामा अब्दुल्लाह रोहितसँग केहि आक्रोषित हुँदा एन्फासँग बजेट नभएको र तोकेको ठाँउमा नै बस्नुपर्ने बताएका थिए। यही विषयमा चर्काचर्की हुँदैगर्दा अब्दुल्लाहले रोहितलाई चित्त नबुझे क्याम्पबाट बाहिर जान भनेका थिए । त्यसपछि रोहित क्याम्पमा सहभागी भएनन् ।
उनले क्याम्प छाडेपछि अन्य ९ खेलाडीले प्रशिक्षकसँग कुरा गरेरे रोहितले खेलाडीको पक्षमा बोलेको र त्यसमा आफूहरु पनि सहमत भएको बताएका थिए । त्यसपछि प्रशिक्षक अब्दुल्लाहले ९ खेलाडीलाई पनि क्याम्प छाड्ने भए छोड्नु भनेका थिए । त्यसपछि उनीहरुले पनि क्याम्प छाड्ने निधो गरेका हुन् ।
क्याम्प छाड्ने ९ खेलाडीहरुमा रोहित चन्द, बिशाल श्रेष्ठ, अनन्त तामाङ, अञ्जन बिष्ट, सुमन लामा, तेज तामाङ, बिशाल राई, बिमल घर्तिमगर रहेका छन् । उनीहरुलाई टोलीका कप्तान किरन चेम्जोङले पनि साथ दिएका छन् । उनी हाल आफ्नो खेलका क्रममा माल्दिभ्समा छन् । उनले माल्दिभ्सबाटै आफू खेलाडीहरुको पक्षमा रहेको प्रतिकृया दिएका हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment