जनताको लागि भनेर ल्याईएका जस्ता पाता र तार जाली एमाले नेताको घरमा भेटिएपछि


इटहरीः स्थानिय निर्वाचन नजिँकिदै जाँदा आचार संहिताको ख्याल नगरी जनतालाई बाँड्न भरी ल्याएको सामाज आफ्नो घरमा ल्याएर राख्ने नेकपा एमालेका एक जना नेता प्रहरीको फन्दामा परेका छन् ।
गाउँपालिकामा आएको सामाज निर्वाचन नजिँकिदै जादा आफ्नो घरमा ल्याएर राख्ने नेकपा एमालेको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकाको वडा नम्बर १ बाट उम्मेद्धवारी दिएका गोविन्द लिम्बुको घरबाट बरामद भएको छ ।
लिम्बुले सागुरीगढी गाउँपालिकाको वडा नम्बर १ मार्फत उक्त सामान निर्वाचनमा जनतालाई प्रभावित पार्ने हिसावले वितरण गर्न आफ्नो घरमा ल्याएर राखेको समेत खुलेको छ ।
बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका लिम्बुले आफ्नो घरमा १२ बण्डल टिनको पाता, ४५ सय मिटर पाइप, तारजाली लगायतका सामाग्रीहरु ल्याएर राखेका थिए । उत्त सामान मंगलबार दिउँसो भेडेटार प्रहरीले बरामद गरीसकेको छ ।
वडा कार्यालयमार्फत वितरणका लागि ल्याइएका ती सामाग्रीहरु लिम्बुको घरमा लुकाएर राखिएको थियो । सरकारी सम्पत्तिलाई नीजिकरण जस्तो गरी मतदातालाई प्रभावित गर्न व्यक्तिको घरमा लुकाइएको सुचनाका आधारमा प्रहरीले लिम्बुको घरमा छापा मारेको थियो ।
ती सबै सामाग्रीहरु केही समयअघि वडा कार्यालयले स्थानीयलाई दिन ल्याएको थियो । तर, निर्वाचन आचारसंहिता लागू भएपछि वडा कार्यालयमार्फत वितरण गर्न नमिल्ने देखिएपछि लिम्बुको घरमा लगेर राखिएको थियो । जुन सामाग्रीहरु मतदातालाई प्रभावित पार्दै वितरण गर्न खोजिएको भन्ने सुचना पाएपछि प्रहरीलाई खबर गरीएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment