सर्लाहीमा गोली चल्दा भारतिय नागरिककाे मृत्यु


सर्लाही २३ चैत्र। जिल्लाको सदरमुकाम मलंगवामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मलंगवा–९ मा गोली चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा अन्दाजी ३५ वर्षीय इन्दल महतो मृत्यु भएको हो ।
महातोको शवलाई प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ । प्रहरीका अनुसार गोली लागेको हो या धारिलो हतियारले प्रहार गरेको हो ? भन्नेबारे खुल्न सकेको छैन ।
यसबारे स्थानीयबासीले भने गोली नै चलेको बताएका छन् । घटनामा संलग्न दोषी पत्ता लगाउन प्रहरीले सर्च अपरेशन सुरु गरेको जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment