इलामको माई नगरपालिकामा लघुवित्तका कर्मचारी सुतेकै ठाउँमा मृत फेला


इलाम, १३ बैशाखः इलामको माई नगरपालिकामा एक जना सुतेकै ठाउँमा मृत फेला परेका छन् । मृत्यु हुनेमा उदयपुरको वेलका नगरपालिका घर भएका अन्दाजी ३२ वर्षिय विनेश राई रहेका छन् । माई नगरपालिकामा रहेको समिट लघुवित्त संस्थामा कार्यरत उनी आफु बस्ने कोठामा नै मृत फेला परेका थिए । राई दिउँसो अवेर सम्म पनि कार्यालयमा उपस्थित नभए पछि खोजिगर्र्ने क्रममा उनलाई कोठामानै मृत फेला परिएको हो । राईको सव अहिले पोष्टमाटमको लागि धरान पठाईएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा वहादुर थापाले वताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment