सत्तरी किलो गाँजासहित एक पक्राउ

१६ बैशाख २०७९, शुक्रबार

चितवन । गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका–३ का २६ वर्षीय सुजन भनिने बुद्धिलाल प्रजा रहेका छन् ।
उनको साथबाट ७० किलो गाँजा बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उनलाई आज बिहान २ बजे राप्ती नगरपालिका–१ परेवाकोटबाट पक्राउ गरिएको हो ।
गाँजासहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment