फाकफोकथुम गाउँपालिका उपाध्यक्षलाई कारर्वाही गर्न कांग्रेस इलामको माग


इलाम । इलामको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्षद्धारा काँग्रेसका कार्यकतामाथि भएको कुटपीटको घटनाप्रति नेपाली काँग्रेस इलामको गम्भिर ध्यानकर्षण भएको छ । गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सरु राईले गत चैत्र १८ गते पालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको कक्षमा पसेर सोही पालिकाका वडा नम्बर १ का कृष्णबहादुर खड्कामाथि कुटपिट भएको थियो । उपाध्यक्ष राईको कुटपिटबाट घाईते खड्का काँग्रेस फाकफोकथुम गाउँपालिकाका सदस्य हुन् । राईको कुटाइबाट खड्का घाईते भएको घटनाप्रति काँग्रेस इलामले बिज्ञप्ति जारी गर्दै घोर भत्र्सना गरेको छ ।


पालिकाका अध्यक्ष श्रेष्ठसंग आन्तरीक छलफल भइरहेको समयमा पालिकाका उपाध्यक्ष राई एक्कासी प्रबेश गरी गाली गलौज गर्दै खड्कामाथि आक्रमण गरेको भन्दै पिडक राईलाई तत्काल कानुनी कठघरामा ल्याई कार्वाही गर्न र पिडीतलाई उचित न्याय दिनुपर्ने माग काँग्रेस इलामका सभापति डम्बर खड्काद्धारा हस्ताक्षरीत बिज्ञप्ति मार्फत माग गरीएको छ । सो गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा राईले खड्कामाथी कुटपिट गरेको बताइन्छ । यता उपाध्यक्ष राईले चुनावको मुखमा ‘भए÷नभएका अरूका कमजोरी’ आफूमाथि लाद्ने प्रयास गरिएको र अश्लील शब्दसमेत प्रयोग गरिएकाले आफूले प्रतिकार गरेको जनाईन ।
फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो । गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट आवेदन आह्वान गरेको थियो । कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए ।
तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो । तर, त्योभन्दा बढी संख्याका युवालाई जनप्रतिनिधिले सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाएको आरोप लगाउँदै अन्य युवा आन्दोलित बन्दै आएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment