आहाँ पदयात्रा : पाँचथर पौवाभञ्ज्याङ देखि इलाम सन्दकपुर (फोटो फिचर)

  • विनय तिम्सीना
इलाम,२३ चैत्रः इलाम र पाँचथरका डाँडाकाँडा यतिवेला ढकमक्क गुराँस, चिमाल र चाँप फुलेर बनै सुगन्दित भएको छ । पाँचथरको पौवाभञ्ज्याङबाट पद यात्रामा निस्कने हो भने हामी इलामको सन्दकपुर सम्म पुगरेर प्रकृतिको मनोरञ्जन लिन सक्छौँ । मनोरम दृष्य अवलोकन गर्नको लागि पौवाभञ्जायाङबाट तीन दिनको पैदल यात्रामा सन्दपुर पुग्न सकिन्छ । 
पौवाभञ्ज्याङबाट सुकेपोखरी, लोकिल, पाटेनगी, विखेभञ्ज्याङ, थाम, छिन्तापु, तालपोखरी, गोरुआले भञ्ज्याङ, हर्कटेथाम, लामपोखरी, धुपी, आलभञ्ज्याङ हुँदै सन्दकपुर पुग्न सकिन्छ । 
पौवाभञ्ज्याङबाट शुरु गरेको यात्रामा पहिलो दिन सुकेपोखरीमा वास वसेर दोस्रोदिन रमाइला डाँडाकाँडाको दृष्य अवलोकन गर्र्दै छिन्तापुमा वास वस्न पुगिने छ । इलाम र पाँचथरको सिमानामा रहेको छिन्तापुबाट प्रदेश नं. एकका सवै जिल्लाहरु नियाल्न सकिन्छ साथै हिमालहरुको अवलोकन पनि गर्न सकिन्छ । तेस्रो दिनको यात्रामा सन्दकपुर पुग्न सकिन्छ । नेपाल, भारत, भुटान र चिनका विभिन्न हिमालहरुको अवलोकन गर्न सकिने इलामको सन्दकपुर ३६३६ मिटरको उचाइमा रहेको छ । नेपाल भारतको सिमामा रहेको सन्दकपुरबाट सूर्योदयको दृष्य पनि अवलोकन गर्न सकिन्छ । इलामको पर्यटनमा कोषेढुङ्ग रहेको सन्दकपुर जान इलामबाट सवारी साधनको पनि व्यवस्था रहेको छ ।

















प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment