इलाम सदरमुकामा बजार अनुगमन


इलाम, २३ चैत्रः दशै तिहारको बेलामा मात्र कतिपय ठाउँमा मौसमी बजार अनुगमन गरेर झारो मात्र टार्ने परम्पराबाट माथि उठेर इलाममा भने निरन्तर बजार अनुगमन भई रहेको छ । बुधबार इलाम सदरमुकामा जिल्ला प्रसाशन कार्यालय इलाम, घरेलुतथा साना उद्योग कार्यालय इलाम र इलाम उद्योग वाणिज्य सघंका प्रतिनिधहरुले बजार अनुगमन गरेको छ । 

अनुगमन इलाम सदरमुकामका ७ वटा खाध्यन्य तथा किराना पसलमा गरेको थियो । अनुगमनका क्रममा २ वटा पसलमा म्याद नाघेका खाध्य सामाग्री फेला परेको र सो सामाग्री जफत गरी नष्ट गरिएको जिल्ल प्रशासन कार्यालयका  सूचना अधिकारी यादव राउते जानकारी गराए । 

कतिपय पसलमा मुल्य सूचि नराखिएकोले मुल्य सूची राख्न र म्याद सकिएका खाध्य सामाग्री नराख्न निर्देशन समेत दिएको राउतले बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment