इलाम सूर्योदय नगरपालिकाको प्रमुखमा पुनः रनबाहुर राई विजयी उप–प्रमुखमा दुर्गा बराल


इलाम, ७ जेष्ठः इलामको सूर्योदय नगरपालिकाको प्रमुख र उप–प्रमुखमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । नगर प्रमुखमा नेकपा एसका रन बहादुर राई र उप–प्रमुखमा दुर्गा प्रसाद बराल विजयी भएका हुन । राईले नेकपा एमालेका काजिमान कागतेलाई र बरालले दुर्गादेवी भट्टराईलाई पराजित गरेका हुन । नगर प्रमुखमा राईले १२४३० मत पाउँदा कागतेले १०५७९ मत पाएका थिए । उप–प्रमुखमा बरालले ११८५४ मत पाउँदा भट्टराईले ९१२२ मत पाएकी थिईन । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment