धरान उपमहानगर : कांग्रेसका किशोर भन्दा स्वतन्त्र हर्कराज २८९० मतान्तरले अगाडि

७ जेष्ठ २०७९, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका साथ अग्रता लिइरहेको अवस्थामा सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता लिइरहेका छन् ।
 सामाजिक अभियन्ताको रुपमा परिचित हर्कराज राईले ताजा मत परिणाम अनुसार १५६१४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोर राईले १२७२४ मत प्राप्त गरेका छन् । कांग्रेसका किशोर राई भन्दा स्वतन्त्र हर्कराज राई २८९० मतले अगाडि रहेका छन् । त्यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १०३६१ मत प्राप्त गरेकी छन् ।
धरान उपमहानगरको उपमेयरमा भने माओवादी केन्द्रका आइन्द्र विक्रम बेघा १५४७१ मतका साथ अग्र स्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी एमालेका पदम प्रसाद लिम्बूले १४०८८ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment