काठमाडौं महानगर : भारी मतान्तरका साथ मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

७ जेष्ठ २०७९, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका अग्रता कायम गरेका छन् । निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का केशव स्थापितलाई १५ हजार ५८३ मतान्तरले पछि पार्दै वालेनले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।
वालेनले ३४१३० मत प्राप्त गर्दा एमालेका केशव स्थापितले १८५४७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले पनि १८,४२९ मत प्राप्त गर्दा राप्रपाका मदनदास श्रेष्ठले १७९६ मत प्राप्त गरेका छन् । यसका साथै स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२०३ र विवेकशील साझा पार्टीकी समीक्षा बाँसकोटाले २१४ मत प्राप्त गरेकी छन् ।
यसका साथै काठमाडौं महानगरको उप प्रमुखमा नेकपा (एमाले)की सुनिता ढंगोल भारी मतान्तरका साथ अग्र स्थानमा छन् । उनले २६५७५ मत प्राप्त गर्दा नेकपा (एस)का रामेश्वर श्रेष्ठले ८५९१, राप्रपाकी विनिता मगैयाले ३६२३ र स्वतन्त्र उम्मेदवार बेन्जिसिंह महर्जनले २१४२ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment