१० जेष्ठ २०७९, मंगलवार
काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेकपा (एमाले)को निवेदन कारबाहीको क्रममा रहेको र यो विषय गम्भीर भएकाले थप कारबाही गर्ने प्रतिवद्धता जनाएसँगै मतगणना सुरु भएको हो ।
वडा नम्बर १८ को पुनः मत गणनाको माग गर्दै एमालेले प्रतिनिधि फिर्ता बोलाएपछि मत गणना रोकिएको थियो । वडा नम्बर २२, ३२ र ३३ को मतगणना बाँकी रहेको छ, भने अन्य ३० वटा वडाको गणना सकिसकेको छ ।
हालसम्म मेयरमा नेकपा (एस)का धनराज आचार्यले ५७ हजार ७२ मतका साथ अग्र स्थानमा छन्, भने उनलाई एमालेका कृष्णबहादुर थापाले ५१ हजार ५८७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
0 comments:
Post a Comment