त्रिभुवन विमानस्थलमा बम राखेको फोन आएपछि हंगामा, सेना-प्रहरी परिचालन

२१ बैशाख २०७९, बुधबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ ।
विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो । बम राखेको सूचना प्राप्त भएपछि अहिले त्यहाँ कुकुरसहित सेना–प्रहरी परिचालन गरिएको छ।
विमानलस्थमा बम राखेको छ भनेर नखुलेको नम्बरबाट फोन आएपछि सुरक्षाकर्मी खटिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
अहिले सबै यात्रुहरू बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरिरहेका छन् ।
बम भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । यद्यपि कसैले भ्रम फैलाएको हो या वास्तविकता हो भन्नेबारे चाहिँ खुलेको छैन।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment