जनतालाई करको बोझबाट मुक्ति दिन्छौः हाेम दुलाल


होम दुलाल इलामको राजनीतिक क्षेत्रमा चर्चित व्यक्ति हुन् । नेपाली कांग्रेसको जिल्ला तहमा बौद्धिक र अध्ययनशील नेताको रूपमा उनले आफ्नो छवि बनाएका छन् । प्रजातन्त्र प्राप्तिको लागि दुलालको संघर्ष लामो छ । प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको लागि दुलालले कयौँ पटक जेल परेका छन् यातना भोगेका छन् । २०२५ साल असार १५ गते पद्यमलाल र आमा दमन्तादेवी दुलालको कोखबाट उनको जन्म भएको थियो । दुलाल २०३६ सालमा मंगलबारेमा विद्यालयमा पढ्दै गर्दा विद्यार्थी आन्दोलनमा होमिएका हुन् । विद्यार्थी कालमै उनले प्रष्ट वक्ताको छवि बनाएका थिए । त्यसैले आन्दोलनको कार्यक्रमहरूमा सम्बोधन गर्न उनी इलाम, पाँचथर र झापाको गाउँ गाउँसम्म पुगेका छन् । २०४० सालमा उनी नेविसंघमा आबद्ध भएका थिए । उनी २०४८ सालमानै नेपाली काँग्रेसको क्षेत्रीय सभापति चुनिएका थिए । नेपाली काँग्रेसले गरेको सत्याग्रहमा पनि उनी सहभागी भए । परिवर्तन पक्षमा लाग्दा उनीविरुद्ध थुप्रै मुद्दा लागेको थियो । परिवर्तन पछि सरकारले ती मुद्दा खारेज ग¥यो । उनी २०४९ मा भएको निर्वाचनमा मंगलबारे गाविसको वडाध्यक्षमा निर्वाचित भएका थिए । पार्टी राजनीतिमा उनी नेपाली काँग्रेसको सचिव, महाधिवेशन प्रतिनिधि महासमिति सदस्य भएका काम गरेका छन् । उनले तत्कालीन जिल्ला विकास समितिमा सर्वदलीय संयन्त्रमा निकै लामो समय काम गरेका छन् । स्थानीय शान्ति समितिको संयोजक भएर पनि उनले काम गरेका छन् । उनै दुलाल अहिले सत्तारुढ गठबन्धनको तर्फबाट देउमाई नगरपालिकाको प्रमुखमा प्रत्याशी छन् । आज हामीले दुलालसँग कुराकानी गरेका छौः
तपाइको उम्मेदवारी किन ?
हामीले मुलुकलाई संघीय ढाँचामा ल्यायौ । मुलुक संघीय ढाँचामा गएपछि सेवा सुविधा घरदैलोमा पग्छ भन्ने थियो । घरदैलोमा काम हुन्छ भन्ने थियो । ती काम भएनन् । पफर्मेन्सको हिसाबमा त्यो काम गर्न सकिन्छ भन्ने मलाई लागेको हो । स्थानीय सरकारको रूपमा क्षमता देखाउन सकिन्छ, म त्यो देखाउँछु । यस पटक अवसर पाउँछु भन्ने छ । नगरपालिका बासीलाई पनि मेरो आवश्यकता महसुुश भएको छ । आग्रह पूर्वाग्रह होइन । यहाँको आवश्यकता मेरो छ । कति साथीहरूले आग्रह गरेरै म यहाँ आएको हुँ । मैले यहाँको नागरिकको सेवा गर्न सक्छु । सेवा गर्न आग्रह भएकैले मैले उम्मेदवारी दिएको हो ।
तपाईँको योजना केके हुन् ?
ढिलासुस्ती, भ्रष्टाचारको अन्त्य गर्छु । भ्रष्टाचार ढिलासुस्ती जनताको मुख्य दुस्मन हुन् । सुशासन कायम हुन्छ । जनताको जनजीविकाको लागि काम गर्नुपर्ने छ । जीवनस्तर उठाउनु छ । कृषि यहाँको मुख्य सम्भावना हो । कृषिकै माध्यमबाट अघि बढ्न सकिन्छ । कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्नुपर्नेछ । प्रविधि भित्र्याउनु छ । सिचाई सुविधा पु¥याउनुपर्ने छ । माटो परीक्षण गरेर कृषिलाई ब्यवस्थित गर्नु छ । कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, यन्त्रिकरणको लागि सबै किसिमको सहयोग हुन्छ । अर्को सवैका लागि शिक्षाको व्यवस्था हुन्छ । शिक्षालाई प्राविधिक र रोजगारी मूलक बनाउनुपर्ने छ । त्यस्तो शिक्षाको निःशुल्क व्यवस्था हुन्छ । स्वास्थ्य एकदमै महँगो भयो । स्वास्थ्य उपचारकै लागि लाखै रूपमा खर्च गर्नुपर्ने अवस्था छ । त्यसको अन्त्यको लागि विशेषज्ञ सेवा दिने । गाउँघर क्लिनिकलाई व्यवस्थित गर्नुपर्नेछ । स्वास्थ्य बिमालाई निःशुल्क बनाउँछौ । एम्बुलेन्स सेवक व्यवस्था हुन्छ । देउमाईको अर्को सम्भावना पर्यटन हो । पर्यटन प्रवर्द्धनको लागि गुरुयोजना बनाउँछौ । पर्यटनको विभिन्न आयामहरूलाई समेटेर प्याकेज कार्यक्रम बनाउनुपर्नेछ । युवाहरूलाई रोजगारीको व्यवस्था गर्न दीर्घकालीन योजनाहरू बनाउँछौ । देउमाई ५, ८ र ९ नम्बर वडा अन्न भण्डार हुन् । त्यसलाई अझ व्यवस्थित योजना बनाएर काम गर्नुपर्नेछ । कृषिको विकासको लागि एकीकृत कृषि उद्यानको अवधारणमा काम गर्छौ । देउमाईमा कृषिको लागि अनुसन्धान केन्द्र बनाउन प्रारम्भिक काम गर्छौ ।
श्रोतको व्यवस्थापन कसरी हुन्छ ?
करको नीतिमानै परिवर्तन गर्नुपर्नेछ । करलाई आयमा सीमित गर्नुपर्नेछ । बस्तु र सेवाको कर हटाउनुपर्छ । जनताको आयस्तर बढाउनुपर्ने छ । आयको हिसाबका कर लगाउँछौ । उत्पादनमा कर लगाउँछौ । उत्पादन बढेपछि कर आफै बढेर जान्छ । करका दायरालाई बढाउनेतिर ध्यान दिन्छौ । मैले लामो समय नेपाली राजनीतिमा आफ्नो जीवन बिताएको छु । विकास साझेदारहरू खोज्न सक्ने म मा क्षमता छ । विकास साझेदारहरुबाट पालिकाको विकासको बजेट व्यवस्था गर्छु । संघ र प्रदेश सरकारसँग पनि समन्वय गर्छौ । संघ र प्रदेशबाट आउने बजेट बढाउन लाग्छु ।
सेवा प्रवाहको कसरी विकास हुन्छ ?
सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउनुपर्छ । सेवा जनताको अधिकार हो । सेवालाई जनताको अधिकारको रूपमा स्थापित गर्छौ । जनताको घर घरमा गएर सेवा प्रवाह हुन्छ । जनतालाई छिटो र सरल रूपमा सेवा प्रवाहको निम्ति नगरपालिकाको स्थापना भएको हो । त्यसैले जनताको घरदैलोमा सेवा प्रवाह गर्छौ ।
अघिल्लो कार्यकाललाई कसरी मुल्याङकन गर्नु हुन्छ ?
यसमा मेरो लामो टिप्पणी छैन । एक वाक्यमा भन्छु । देउमाईले पाँच वर्ष खेर फाल्यो ।
पाँच वर्ष नेतृत्व गर्न पाउनु भयो भने देउमाईलाई कस्तो बनाएर छाड्नु हुन्छ ?
पाँच वर्ष भित्रमा देउमाईलाई सम्बृद्ध र नमुना नगर बनाउँछौ । यहाँको बाटोघाटोको अवस्था सुधार गरेर भौतिक पूर्वाधारको विकास गरेर देउमाईलाई देशकै नमुना नगर बनाउँछौ । कृषि स्वास्थ्य रोजगारी खेलकुदमा उल्लेखनीय विकास गर्छौ । पाँच वर्षमा असम्भव लाग्ने काम गरेर देखाउँछौ । अहिलेको पाँच वर्ष र चुनाव पछिको पाँच वर्ष तुलना गर्न यी काम पाँचै वर्षमा कसरी सम्भव भयो भन्ने पारेर देखाउँछु । बाटोघाटोको लागत कट्टा गरेर मेरो कामको थालनी हुनेछ । बाटोघाटो र सार्वजनिक जग्गाको लागत कट्टा नहुँदा जनताले यसै कर तिर्नुपरिरहेको छ । त्यो अनावश्यक कर हो । सार्वजनिक जग्गाको लागत कट्टा गरेर करको बोझबाट जनतालाई मुक्ति दिन्छौ ।
जीतको आधार के के हुन् ?
म अघिल्लो पटक पनि यहाँ उम्मेदवार थिए । अघिल्लो पटक हाम्रो पक्षमा अवस्था अनुकूल थिएन राष्ट्रिय स्थानीय रूपमा । यो पटक हामीलाई अनुकूल छ । अघिल्लो पटक म पराजित हुँदाको परिणाम यहाँका नागरिकले भोगिसकेका छन्, पश्चताप गरेका छन् । यो पटक देउमाईलाई फेरी अर्को अवसर छ । यो अवसर देउमाईले खेर फाल्नु हुँदैन । यो अवसर खेर फाल्यो भने देउमाइबासीले फेरी पछुताउनुपर्ने छ । मलाई के विश्वास छ भने देउमाईले यो पटक पछुताउनुपर्ने गरी निर्णय लिँदैन । यो पटक हामी गठबन्धन बनाएर चुनावमा गएका छौ । गठबन्धनको मत नै निर्णायक मत छ । त्यही भएर हामी जित्छौ भन्ने लागेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment