इलाममा छुट्टा छुट्टै ठाउँमा हत्या गरेर फरारा रहेका तीन जना अभियुक्तहरु पक्राउ


इलाम, २१ बैशाखः इलाममा छुट्टा छुट्टै ठाउँमा हत्या गरेर फरारा रहेका तीन जना अभियुक्तहरु पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलामले सर्वजनिक गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ८ वस्ने देवेन्द्र रिमाल, देउमाई नगरपालिका ७ चुलीवस्ने भूपेन्द्र राई र श्रीचन्द्र राई रहेका छन् । 

यही बैशाख ४ गते रातको अन्दाजी १२  बजेको समयमा जिल्ला इलाम इलाम नगरपालिका ८ बस्ने बर्ष ३१ की बिनिता काफ्लेलाई  सोही स्थान बस्ने बर्ष ४२ को देबेन्द्र रिमालले  निज बिनिता काफ्लेलाई  सिरानीले मुख नाक थुनी घाँटी थिचेर हत्या गरीसके पश्चात मृत लाशलाई दबाउने छिपाउने उदेश्यले इलाम नगरपालिका वडा  ८ सिङफ्रिङ बेलडाँडा स्थित पाखाबारीमा बन तरुल खन्दाको खाल्डोबाट ढुङ्गा माटो निकाली लाशलाई धारिलो हतियारले घाँटी, दाहिने हात समेत काटेर अलग बनाई खाल्डोमा पुरी फरार रहेका देबेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय इलामले ब्यापक रुपमा प्रहरी परीचालन गरी खोततलास गर्दा इलाम प्रहरीको अथक प्रयासबाट बैशाख २० गते बिहान ४ बजेको समयमा इलाम नगरपालिका ८ स्थित महबिर सामुदायिक जंगलमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरी अभियुक्त देबेन्द्र रिमाललाई सम्मानित इलाम जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको कर्तब्य ज्यान शिर्षकमा दिन ७ दिनको म्याद थप भई विस्तृत अनुसन्धान भईरहेको छ । 

त्यस्तै गरी बैशाख १५ गते साँझको अन्दाजी ५ बजेको समयमा जिल्ला इलाम देउमाई नगरपालिका वडा ७ बास्थल बस्ने बर्ष ४५ को सन्तोष बाला राई देउमाई नगरपालिका ७ स्थित सिद्धिथुम्का स्वास्थ्य चौकीमा  कोरोनाको खोप लगाई देउमाई नगरपालिका ७ चुलीगाउँ स्थित मामा घर तर्फ आउने क्रममा देउमाई नगरपालिका वडा  ७ चुलिगाउँ बस्ने बर्ष २३ को भुपेन राई र निजकै भाई बर्ष २० को श्रीचन्द्र राईले निज सन्तोष बाला राई बाटोमा भेटी सामान्य बिवाद हुदा  भुपेन राई र निजकै भाई श्रीचन्द्र कुटपिट लात्त मुक्का तथा ढुङ्गा समेत प्रहार गरी बिभत्स रुपमा हत्या गरी फरार रहेका दुबैलाई निजकै घर आसपास लुकिछिपि बसेको अवस्थामा बैशाख १६ गते इलाम प्रहरीले पक्राउ गरी निजहरु उपर सम्मानित इलाम जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको कर्तब्य ज्यान शिर्षकमा  सात दिनको म्याद थप भई विस्तृत अनुसन्धान भईरहेको छ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment