इलामको सिङफ्रिङमा टुक्रा- टुक्रा पारी हत्या गरेर पुरिएको अवस्थामा विनिताको फेला


इलाम , १८ बैशाखः इलाम नगरपालिका ८ सिङफ्रिङमा एक महिलाको शब गाडेको अवस्थामा फेला परेको छ । बिगत ३ दिन देखि बेपत्ता स्थानीय अंदाजी ३१ बर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा शनिबार  फेला परेको हो ।

खनेको ठाउँ देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए पछि प्रहरीले घटनास्थलबाट शव निकालेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा वहादुर थापाका अनुसार महिलाको शव घाटी रेटी टाउको र शरीरिको भाग छुट्टयाएको अवस्थामा फेला परेको र हातपनि काटीएको अवस्थामा रहेको छ । उनको हत्यागरी जमिनमा गाडिएको थापाले वताए । घटनाको अनुुशन्धान जारी रहेको र हत्याराको पहिचान नजिक पुगेको पनि उनले वताए । 

बिनिताको पति २ बर्ष अघि मात्र बिदेशमा मृत्यु भएको र उनको ४ बर्षीय एक छोरी रहेको स्थानीयले बताएका छ । घटना बारे प्रहरीले अनुसन्धान जारी राखेको छ  ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment