चोरीमा संलग्न ३ जना पक्राउ

मोरङ, १८ बैशाखः मोरङको बिराटनगर महानगरपालिका ६ स्थितबाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर(८ का २२ बर्षीय मोहमद जुमन, बिराटनगर(११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर(१२ का २२ बर्षीय पवन रविदास रहेका छन ।
हिजो बिहान वडा प्रहरी कार्यालय ९क० बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर(६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को।२ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा तीनै जनालाई समान सहित पक्राउ गरेको हो । अनुसन्धानको क्रममा वि।न। १ ह ००९३ नम्वर र को। १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनिहरुले चोरी गरेको खुल्न आएको हुँदा सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment