‘तीनदिन भित्र जवाफ दिनू’ भन्दै केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

१९ बैशाख २०७९, सोमबार

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार स्थापितलाई गत बैशाख १५ गते धुम्बाराहीमा भएको एक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण मागिएको हो ।
आयोग स्रोतका अनुसार स्थापितलाई तीनदिन भित्र जवाफ दिन भनिएको छ । ‘तपाईले प्रश्नकर्ता महिलालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भनेर भनेको हो कि होइन ? उक्त भनाइ आचारसंहिता विपरीत भयो कि भएन ? यदि भनेको हो भने किन भनिएको हाे ?’ भनेर स्पष्टीकरण माग गरिएको जनाएको छ ।
काठमाडौं महानगरको पूर्व मेयरसमेत रहेका स्थापितलाई विगतमा पनि महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको थियो । उक्त विषयमै सोधिएको प्रश्नमा उनी बैशाख १५ गतेको सार्वजनिक कार्यक्रममा एक महिलामाथि खनिएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment