इलाम नगरपालिकाको नगरप्रमुमा नेपाली कांग्रेसका केदार थपा र उपप्रमुखमा विष्णु दाहाल निर्वाचित


इलाम, ४ जेष्ठः इलाम नगरपालिकामा नगर प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा नेपाली कांग्रेसका केदार थापाले नेकपा एमालेका धिरेन चेम्जोङलाई पराजित गरेका हुन । थापाले १३१६५ मत पाउँदा चेम्जोङले १०५८७ मत मात्र पाएका छन् । 

नगर उप्रमुखमा पनि नेपाली कांग्रेसकी विष्णु कुमारी दाहाल लिम्बु विजयी भएकी हुन उनले नेकपा एमालेकी सिता देवी रिजाललाई पराजित गरेकी हुन । दाहालले  १३५४२ मत पाउँदा रिजालले  १००८८ मत मात्र पाएकी थिईन । इलाम नगरपालिकामा ३० वर्ष पछि नेपाली कांग्रेसले वाजी मारेको हो । २०७४ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमाले विजयी भएको थियो । 

१२ वटा वडा रहेको इलाम नगरपालिकामा वडा नम्बर १,४,५,६,७,८,९,१०,१२को वडा अध्यक्ष नेपाली कांग्रेसले विजयी गरेको छ भने वडा नम्बर २,३ र ११ नेकपा एमालेले जित निकालेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment